
लन्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । मञ्चको महिला विभागले मंगलबार सांझ लन्डन नर्थ हयारोमा गरेको कार्यक्रममा डेढ दर्जन सहभागी थिए ।
मञ्चकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख सरस्वती केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरुको अवस्था र उनीहरुको अधिकारका विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीले महिला अधिकार र अवसर प्राप्तिका लागि महिलाले नै थप संघर्ष र प्रयास गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी थिए भने विशेष अतिथिको रुपमा नेपालवाट आएकी अन्तर्राष्ट्रिय महिला लायन्स क्लवकी पूर्व अध्यक्ष राधा पौडेल थिइन् । मञ्चका महासचिव विजयविक्रम लिंगदेन, कार्यसमिति सदस्यहरु वसन्त नेपाल, कृष्ण तिवारी लगायत पनि सहभागी थिए ।
कार्यक्रमको अन्तमा सहभागीले सांस्कृतिक प्रस्तुति पनि दिए । हरेक वर्ष मञ्चले नारी दिवस मनाउंदै आएको छ । तर, हतार हतार गरिने उसका कार्यक्रममा उपस्थिति झिनो रहन्छ ।
आगामी वर्ष रेडिङमा कार्यक्रम गर्ने योजना मञ्चको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस