अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रमसहित यही आइतबार (मार्च ११) मनाउने भएको छ । सो कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको प्रवक्ता प्रमिला लाबुंग राईले जानकारी दिइन् ।
संस्थाकी उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग र महिला विभाग सल्लाहकार पुष्पा गुरुङ समेतको संयोजनमा मनाइने उक्त कार्यक्रममा महिलाहरुलाई सुसूचित गर्न घरेलु हिंसा, लागूऔषध दुरवेसन, सामाजिक सुरक्षा एवं अपराधको रोकथाम, स्वयमसेवा, मेन्टल हेल्थ, महिला स्वास्थ्य विषय समेतलाई समेटी विज्ञहरुद्वारा ‘प्रिजेन्टेसन’ दिइने प्रवक्ता राईले बताइन् ।
अल्डरसटस्थित एम्पायर हलमा बिहान ठिक ११ बजे रसमोर बोरो काउन्सिल मेयर सोफिया चौधरीको प्रमुख आतिथ्यमा सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पेशाकर्मी, बुद्धिजिवी, सर्वसाधारण लगायत नेपालीभन्दा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहने छ ।
साथै प्रहरी, प्रशासन र स्थानीय काउन्सिलबाट समेत कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन