काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले जनवरीमा नामिवियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ । क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। 
टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, आरिफ शेख, शक्ति गौचन, महबुब आलम, करन केसी, विनोद भण्डारी, शरद भेषवाकर छन्। त्यसैगरी अमृत भट्टराई, बसन्त रेग्मी, सुवास खकुरेल, राजेश पुलामी मगर, रामनरेश गिरी, सोमपाल कामी, नरेश बुढाऐर, राहुल विश्वकर्मा र भुवन कार्की रहेका छन्। प्रतियोगिता १५ डिसेम्बर २०१५ बाट सुरु हुनेछ। चोटका कारण जितेन्द्र मुखिया र पृथु बास्कोटा डिसेम्बर १५ बाट शुरु हुने बन्द प्रशिक्षणमा पर्न सकेनन्।
प्रतियोगितामा केन्या, नामिविया, नेदरल्यान्ड, क्यानडा, नेपाल र युगान्डाको सहभागिता हुनेछ । क्यानले प्रतियोगितामा नेपाली टोलीको व्यवस्थापनका लागि दिवाकर घले, पूर्व कप्तान विनोद दासलाई सहायक कोच, रमण सिवाकोटीलाई प्राविधिक सहयोगी र दिनेश भट्टलाई फिजियोथेरापिष्ट नियुक्त गरेको छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी