
वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकपछि पत्रकारलाई जानकारी दिँदै फोरमका अध्यक्ष उपेन्द्र यादव । तस्वीर- रासस
काठमाडौँ, १७ फागुन – वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकबारे जानकारी दिँदै फोरमका नेता राजेन्द्र श्रेष्ठले भन्नुभयो, ‘छलफल जारी छ, हामी बीचमा भएका अनौपचारिक छलफललाई पार्टीमा आन्तरिक छलफल गरी अनुमोदन गर्दै औपचारिक सहमति गरिनेछ ।’
मधेश आन्दोलनका क्रममा उठाएका मागका आधारमा संविधान संशोधनसँगै राजनीतिक सहकार्य गर्नेबारेसमेत छलफल भएको नेता श्रेष्ठको भनाइ छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा