लन्डन । समय अति बलवान हुन्छ, निष्ठुरी पनि अति हुन्छ भन्थे । ‘आयो टप्प टिप्यो लग्यो टरेर टर्दैन त्यो…’ भन्ने वाक्यांश सुनेको थिएं । दैव कति निष्ठुरी रहेछन् । गत २० जनवरी २०१८ का दिन सिन्धुपाल्चोक धादिङ घर भई हाल यूके रेडिङ निवासी राजकाजी लामाको अल्पायुमै रहस्यमय ढंगबाट निधन भएको दुःखद खबरले सम्पूर्ण आफन्तजन, साथीभाई, शुभचिन्तकहरु मर्माहत भएका छन् ।
लामा एक सरल, कुशल अनि स्वभिमानी, स्नातकोत्तरसम्म अध्ययन गरेको जुझारु युवा तथा शिक्षित तामाङ घेदुङ यूकेका आजीवन सदस्य थिए । गत २० फेब्रुअरी, २०१८ का दिन उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आफन्तजन, साथीभाई, इष्टमित्र, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।
उक्त श्रद्धाञ्जलि कार्यक्रम मृतकको परिवार र तामाङ घेदुङ यूकेको अगुवाइमा सम्पन्न भएको थियो । मृतकको पार्थिव शरीरमा फूल गुच्छा र खादा चढाउन तमु समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङ, पूर्व महासचिव लेक्चरर प्रेम लामा, म्हेन्दोमाया परिवार यूकेका प्रतिनिधि तथा धादिङ नुवाकोट समाज यूकेका निवर्तमान अध्यक्ष बम ब्लेंथेन, सूर्य तामाङ र धादिङ नुवाकोट समाजका महासचिव, कोडेक यूके, ल्ह म्हेंदो तामाङ समाज लन्डन र तामाङ समाज यूकेका सल्लाहकार धन पाख्रीन, तामाङ सोसाइटी यूकेका अध्यक्ष श्रीमति अन्जु तामाङ र पूर्व महासचिव, तामाङ समाज यूकेका अध्यक्ष दीपक गोले र कोषाध्यक्ष सुरेश वाइबा लगायत अन्य संघ संस्थाका पदाधिकारीहरु मृतकका आफन्तजन, साथीभाई, शुभचिन्तकहरु लगायत तामाङ घेदुङ यूकेका सम्पूर्ण सदस्यहरुको उपस्थिति थिए ।
स्वर्गीय लामाको बायोग्राफी संस्थाका अध्यक्ष प्रेम लामाले भावुक भएर वाचन गर्दा उपस्थित सम्पूर्णको आंखा रसाए । धेरैको मुटु भक्कानियो । पार्थिव शरीरलाई खेम्पो गुरु र लामा गुरुहरुले बौद्ध धर्म अनुसार, तामाङहरुको रितिरिवाज अनुरुप अन्तिम दाहसंस्कार गरियो ।
अन्तिम दाहसंस्कारपछि तामाङ घेदुङ यूकेले दिवाभोज व्यवस्था गरेका थिए । सोही अवसरमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले मृतकका परिवारलाई सान्त्वना स्वरुप जम्मा भएको केही सहयोग रकम तामाङ घेदुङ यूकेका अध्यक्ष प्रेम लामा र संस्थाका निवर्तमान अध्यक्ष तेन्जी पाख्रीन, तमु समाज यूकेका अध्यक्ष अर्जुनकुमार गुरुङ, तामाङ सोसाइटी यूकेका अध्यक्ष श्रीमती अन्जु तामाङ, म्हेन्दोमाया परिवार यूकेका प्रतिनिधि वम ब्लेंथेन, तामाङ समाज यूकेका अध्यक्ष दीपक गोलेले हस्तान्तरण गरेका थिए ।
घेदुङका उपाध्यक्ष तथा सफल युवा व्यवसायी दावा स्याङबोले तामाङ घेदुङ यूके र मृतक परिवारको तर्फबाट अन्तिम दाहसंस्कारमा उपस्थिति सबैप्रति आभार व्यक्त गरेका छन् ।
गहिरो शोकले विक्षिप्त स्वर्गीय लामाकी श्रीमति मोना लामा, नावालक दुई वर्षीया छोरी र आमालाई भगवानले धैर्य धारणा गर्ने प्रवल शक्ति प्रदान गरुन् ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते