लन्डन । बुद्ध फाउण्डेसन यूकेका नवनियुक्त सल्लाहकारहरुले ट्राफलगर स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ती भव्य रुपमा सफल बनाउने प्रण गरेका छन् । आफ्नो स्वागतमा आइतबार लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा आयोजित सम्मान कार्यक्रममा सल्लाहकारहरुले बुद्ध जयन्ती फाउण्डेशनको मात्र नभइ समस्त नेपाली र नेपालको प्रतिष्ठासंग जोडिएकाले सफल बनाउने प्रतिज्ञा गरे ।
कार्यक्रममा सल्लाहकारहरुको तर्फबाट शुभकामना मन्तव्य राख्ने क्रममा डा. बच्चुकैलाश कैनीले फाउण्डेसनको उद्देश्य अन्य संस्थाको भन्दा भिन्न रहेकाले आफू प्रभावित भएको बताउंदै यसको अभियानमा सबै सल्लाहकारहरुको साथ, सहयोग रहने प्रतिवद्धता गरे ।
फाउण्डेशनका अन्य सल्लाहकारहरु विनोद ज्ञवाली, नारायण गुरुङ र राजेश पाठकले पनि ५ मेमा ट्राफलगर स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ती सफल बनाउन रणनीतिक सुझाव दिएका थिए ।
कार्यक्रमको पहिलो चरणमा फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपानेले सल्लाहकारहरुलाई खादा तथा प्रमाणपत्रसहित स्वागत गरे । फाउण्डेसनमा सल्लाहकार मनोनित भएका डा. बच्चुकैलाश कैनी, राजन कंडेल, फडिन्द्र भट्टराई, विनोद ज्ञवाली, राजेश पाठक, नारायण गुरुङ, लामा धर्म गुरुङ, सहदेव गिरीलाई सम्मान र प्रमाणपत्र प्रदान गरियो । अन्य कयौं सल्लाहकार भने अनुपस्थित थिए ।
महासचिव अर्जुन कटुवालले सञ्चालन गरेको कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष हरिश ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । अर्का उपाध्यक्ष सचिन श्रेष्ठले ‘पावर पोइन्ट प्रिजेन्टेसन’ मार्फत फाउण्डेसनले सन् २०१७ मा स्थापना भएयता गरेका कार्यहरुबारे अवगत गराए । कोषाध्यक्ष राजन खकुरेलले संस्थाको आय व्यय विवरण साथै कपिलवस्तुको बुद्ध बृद्धाश्रम निर्माणका लागि आयोजित च्यारिटीमा उठेको कोषबारे विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले फाउण्डेसनले गरिरहेका कार्यहरुको प्रशंसा गर्दै एनआरएन यूके पनि फाउण्डेसनसंग सहकार्य गर्दै अघि बढन तयार रहेको धारणा राखे । उनले फाउण्डेसनको बृद्धाश्रममा आफ्नो पनि धेरथोर सहयोग रहेको उल्लेख गर्दै यस्ता पूण्य काममा सबैको साथ रहनुपर्नेमा जोड दिए ।
फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले सबैको शुभेच्छा र सहयोगका कारण संस्था स्थापनाको छोटो समयमा नै यो स्थानसम्म आइपुग्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले कपिलवस्तुमा फाउण्डेसनले एक करोड २५ लाख रुपैयांमा १४ कोठे बुद्ध वृद्धाश्रम निर्माण शुरु भएको जानकारी दिंदै यस प्रोजेक्टलाई सफल बनाउन सबैको साथ अपेक्षा गरेका थिए । ‘शुरुमा ८० लाख अनुमान गरिएकामा अहिले बजेट बढेको छ । ४० लाख रुपैयां पठाइसक्यौं । अरु थप रकम अति खांचो भएकाले सबैलाई सहयोग गरिदिन हाम्रो अनुरोध छ’, श्रेष्ठले भने । श्रेष्ठले ट्राफलगर स्क्वायरमा गर्न लागिएको बुद्ध जयन्ती फाउण्डेशनको मात्र नभएकाले सबैले आर्थिक, भौतिक र वैचारिक सहयोग गरेर यस कार्यक्रम सफल बनाउन पनि आग्रह गरे ।
कार्यक्रमको दोस्रो चरणमा सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुबीच अन्तरक्रिया गरिएको थियो । त्यस क्रममा आउंदो मे ५ मा लण्डनको ट्राफलगर स्क्वायरमा फाउण्डेसनले आयोजना गर्न लागेको बुद्धजयन्ती कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमका संयोजक सूर्य गुरुङले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत कार्यक्रमका लागि भइरहेको तयारीबारे जानकारी गराएका थिए । सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरुले कार्यक्रम सम्बन्धमा आफना सल्लाह-सुझावहरु दिएका थिए ।
कार्यक्रममा सुरेन रुपाखेती, धनराज मल्ल, हयारी गुरुङ, महेन्द्रविक्रम कुंवर, जीवन सेन, अभि महर्जन, निरञ्जन खड्का, सिम्मी पुन लगायतका फाउण्डेसनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
तस्विर- शिव भण्डारी
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन