लन्डन । युरोपेली संघबाट ब्रिटेन आउने मानिसहरुको संख्या घटेको छ । ब्रिटेनको तथ्यांक संकलन गर्ने निकाय अफिस फर नेशनल स्टाटिसटिक्स (राष्ट्रिय तथ्यांक कार्यालय) ले बिहीबार गएको पांच वर्ष यता युरोपेली संघबाट बेलायत आउनेको संख्या एक लाख भन्दा कममा झरेको जनाएको हो ।
तथ्यांक कार्यालयले सन् २०१६ सेप्टेम्बरदेखि २०१७ सेप्टेम्बरको बीचमा केवल ९० हजार युरोपेलीमात्र बसोवास गर्ने उद्देश्यले बेलायत आएको उल्लेख गरेको छ । यस्तो संख्यालाई खुद आप्रवासन (नेट माइग्रेसन) पनि भनिन्छ ।
बेलायतले युरोपेली संघ (इयू) छाड्ने पक्षमा मतदान गरेपछि इयूबाट बेलायत स्थायी बसोवासका लागि आउने मानिसहरुको संख्या घट्दै गएको हो ।
बेलायत युरोपबाट अलग्गिने (ब्रेक्जिट) प्रक्रिया अगाडि बढिरहंदा बेलायतमा रहेका पूर्वी युरोपेली नागरिकहरु समेत स्वदेश फर्कने चिन्ता व्यक्त भएको छ ।
व्यवसायिक समूहले घट्दो युरोपेली आप्रवासीका कारण दक्ष जनशक्ति अभाव बढ्ने चिन्ता र चासो व्यक्त गरेका छन् । युरोपेली नागरिक बाहेक अन्यत्र देशका कामदारलाई बेलायत आएर काम गर्न थप कडाइ गरिएकाले व्यापारीमा चिन्ता छाएको हो । कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्रीले पनि बेलायतले आप्रवासीलाई आकर्षित गर्नुपर्नेमा त्यसो नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
ब्रेक्जिट प्रक्रियामा अनिश्चितताले गर्दा बेलायती अर्थतन्त्र समेत अपेक्षा गरिए भन्दा कम वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि १.७ प्रतिशतमा सीमित भएको जनाएको छ ।
यस अघि कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरिएको थियो ।
बेलायतको वार्षिक वृद्धिदर सन् २०१२ पछिको सबैभन्दा कम विन्दूमा पुगेको थियो ।
तर, बेलायती अध्यागमन मन्त्री क्यारोलिन नोक्सले भने वार्षिक हजारौं आप्रवासी घटाउने सरकारको कदममा नयां तथ्यांक स्वागतयोग्य भएको बताएकी छन् ।
बेलायतमा अहिले करिब तीस लाख युरोपेली नागरिक बसोवास गरिरहेको अनुमान छ । बेलायत इयूबाट आगामी मार्च २०१९ बाट औपचारिक रुपमा बाहिरिने छ ।
प्रधानमन्त्री टेरेजा मेले गत बुधबार सन् २०१९ मा औपचारिक रुपमा इयूबाट अलग्गिएपछि बेलायत बस्ने सबै युरोपेली नागरिकको दर्ता प्रणाली विकास गरिने प्रतिज्ञा गरेकी थिइन् ।
बेलायत पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत अध्यागमन नियममा कडाइ गरिएपछि यो शैक्षिक गन्तव्यको आकर्षणका रुपमा नरहेको बताइन्छ । हायर एजुकेशन पोलिसी इन्सटिच्युट र कप्लान इन्टरनेशनल पाथवेजले गरेको एउटा अनुसन्धान अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतको अर्थतन्त्रमा वार्षिक २० बिलियन पाउण्ड भन्दा बढि योगदान गरेको उल्लेख छ ।
बेलायतले सन् २०१७ मा करिब १५ हजार शरणार्थी लिएको थियो जसमा ४० प्रतिशत बालबालिका थिए । २० हजार सिरियाली शरणार्थी लिने योजना अनुरुप १० हजार ५ सय बेलायत आइसकेको तथ्यांक छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न