लन्डन । बेलायत छन्त्याल संघद्वारा सर्वमान्य स्वर्गीय दिलबहादुर घरब्जा छन्त्यालको चौंथो स्मृति दिवस तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
१७ फेब्रुअरीमा आसफोर्ड केन्टमा भएको सो कार्यक्रमको अध्यक्षता संघका कार्यवहाक अध्यक्ष हेम घरब्जा छन्त्यालले गरेका थिए । दुई चरणमा सञ्चालित कार्यक्रमको सञ्चालन महासचिव मुकेन घरब्जाले गरेका थिए ।
कार्यक्रमको प्रथम चरणमा सर्वमान्य स्व. दिल बहादुर घरब्जाको चौथो स्मृति दिवश मनाइएको थियो । महासचिव मुकेन घरब्जाले संक्षिप्तमा सर्वमान्य स्व. दिल बहादुर घरब्जाको जीवनीबारे प्रकाश पार्नु भएको थियो । सो अवसरमा संघका कार्यबाहक अध्यक्ष हेम घरब्जा छन्त्याल र नेपाल छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष थम घरब्जा छन्त्यालले मैन बत्ती बाली कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि सर्वमान्य स्व. दिल बहादुर घरब्जा लगायत छन्त्याल समुदायमा यो वर्षभरिमा दिवंगत भएकाहरुको चिर शान्तिको कामना गर्दै उनीहरुको सम्झनामा २ मिनेट मौनधारण गरिएको थियो ।
दोश्रो चरणमा वार्षिक साधारण सभा भएको थियो । जसमा विविध एजेण्डाहरु उपर छलफल र वहस गरियो । माघे संक्रान्ति (छार म्हेङ तथा मिलाङे सोङ्ती), वार्षिक भेला तथा स्वर्गीय सर्वमान्य दिलबहादुर घरब्जाको स्मृति दिवस, बेलायत छन्त्याल संघको जन्म जयन्ती तथा समर पार्टी र तिहार भैलो कार्यक्रम आदि रहेका छन् ।
कार्यक्रममा महासचिवले संघको वार्षिक प्रतिवेदन पेश गरे । त्यसपछि कोषाध्यक्ष यामबहादुर झिंराजाको तर्फबाट आयब्यय विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी, बेलायत छन्त्याल संघको अवधारणा ‘छन्त्याल सर्वमान्य फाउण्डेशन’ को नालिबेली विस्तृत जानकारी कप्रसाद झिंराजाले अवगत गराएका थिए ।
यस्तै दर्जनौं एजेण्डामाथि छलफल गरी सहमतिमा कार्यवहाक अध्यक्ष हेम घरब्जा छन्त्यालले वार्षिक साधारण सभा समापन गरेका थिए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित