
लन्डन । लन्डनमा बुद्ध विश्व शान्ति रयाली निकालिने भएको छ । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको व्यवस्थापनमा बुद्ध जयन्तीको अवसर पारेर चौंथो विश्व शान्ति रयाली गर्न लागिएको हो ।
आगामी मे १९ तारिखका दिन उलवीच लन्डनस्थित मुलग्रेभ प्राइमरी स्कुलबाट विश्व शान्ति पदयात्रा शुरु गरेर प्लमस्टिड हाइस्ट्रिट पुगी फेरी त्यही बाटो परिक्रमा गरेर रयाली समापन गरिने रयाली संयोजक सुमलकुमार गुरुङले बताए ।
सन् २०१४ सालदेखि नेपालीहरुले गर्दै आएको वृहत बुद्ध विश्व शान्ति रयालीमा ग्रीनवीच बरोका काउन्सिलरहरु, बेलायतका लागि नेपाली राजदूत लगायत यस क्षेत्रका सयौं नेपालीको सहभागिता रहने गर्दछ । यस वर्ष पनि व्यापक बनाउन तयारी भइरहेको संयोजक गुरुङले जानकारी दिए ।
बुद्ध विश्व शान्ति रयालीको मुल उद्देश्य भगवान बुद्धको दर्शन र भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयलाई प्रकाश पार्न तथा नेपालीहरुलाई एकैथलोमा ल्याएर ऐक्यवद्धता, आपसी सहिष्णुताको अनुभूति र नेपाली हुनुको गर्व सम्प्रेषण गर्ने रहेको बताइएको छ ।
दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले बेलायतभरका विभिन्न नेपाली संघसंस्थालाई रयालीमा सहभागिताका लागि अपिल गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन