
लन्डन । दक्षिणपूर्व लन्डन क्षेत्रमा
केही वर्ष यता बौद्धमार्गी नेपालीहरुको वाहुल्यता बढ्दै गएको छ । तर, धार्मिक कार्यक्रम सञ्चालन गर्दा स्कुल वा सामुदायिक हल भाडामा लिनुपर्ने वाध्यता छ । आफ्नै सामुदायिक भवन
छैन् ।
नेपालीहरुका लागि एउटा बेग्लै बौद्ध मन्दिर-गुम्बाको आवश्यकता महशुस गरि यस क्षेत्रमा स्थायीरुपले बसोबास गर्दै आएका नेपालीको एक समूह बौद्ध गुम्बा निर्माण गर्ने अभियानमा जुटेको छ ।
यस पूण्य अभियानमा डायमन्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङ तथा उनको समूह विगत केहि समयदेखि आर्थिक संकलनमा सक्रिय छन् । यसै क्रममा आगामी अप्रिल २१ तारिखका दिन सेन्ट मार्गरेट ग्रोभ, उलवीच कमनस्थित श्री कछ सत्संघ स्वामी हिन्दू मन्दिरमा च्यारिटी कार्यक्रम गरिने भएको छ । कार्यक्रममा धार्मिक पूजापाठ तथा प्रवचन र शुद्ध शाकाहारी भोजन व्यवस्था गरिने बताइएको छ ।
बौद्ध गुम्बा निर्माण अभियानका लागि यूकेभरका नेपाली संघसंस्थालाई पत्राचार गरी अपिल गरिएको डायमन्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङले बताए ।
डायमन्ड बुद्धिष्ट सेन्टर यूकेले पछिल्लो समय बौद्ध धर्मका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन