लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले आगामी ४ मार्च २०१८ का दिन ‘पारिजात जयन्ती तथा मुक्तक वाचन’ कार्यक्रम गर्ने भएको छ ।
चाल्टन फुटबल क्लब परिसरमा भव्यताका साथ कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले बताएका छन् ।
अनेसास बेलायत च्याप्टरले यस पटक पारिजात जयन्तीको अवसरमा अमेरिकाबाट बेलायत भ्रमणमा आउन लागेका वरिष्ठ साहित्यकार तथा मुक्तक शिरोमणी तीर्थराज अधिकारीलाई प्रमुख अतिथिको हैसियतमा स्वागत, सम्मान तथा उनको एकल मुक्तक वाचनको तारतम्य मिलाएको जानकारी अध्यक्ष गुरुङले दिए ।
त्यसदिन बेलायतका सर्जकहरुलाई आ-आफ्नो रचना वाचनको मौका प्रदान गरिने पनि अध्यक्षले बताए । संस्थाले बेलायतका सर्जकहरुलाई कार्यक्रममा ऐक्यवद्धता जनाएर सफल पारिदिन अपिल गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले वर्षभर आधा दर्जन जति साहित्यिक गोष्ठी सञ्चालन गर्दै आएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन