लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्र नेपालको ४१ औं प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएको छ । मञ्चले प्रधानमन्त्री ओलीलाई समृद्ध नेपाल बनाउने विशाल जिम्मेवारीको पूर्ण सफलताका लागि शुभकामना समेत व्यक्त गरेको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव विजयविक्रम लिंग्देनले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको पदमा वहाली भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
‘आर्थिक विकासको द्रुतगतिमा दौडिरहेका दुई भीमकाय मुलुकको बीचमा रहेको सुन्दर देश नेपाललाई विकास र समृद्धिको बाटोमा लैजान तथा समाजवाद उन्मुख राज्य व्यवस्थाको निर्माणमा बामपन्थी गठवन्धन तथा प्रधानमन्त्री कमरेड ओली नेतृत्वले पार्टी, सरकार तथा नेपाली जनतालाई परिवर्तन तथा राहतको अनुभूति दिलाउन सफल हुने कुरामा विश्वास ब्यक्त गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ- ‘वि. सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न समयमा तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव र नेताहरूको कमजोरीको कारणले गर्दा २०१८ साल पछि त्यो विभाजित हुन पुग्यो । भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताको चाहना बमोजिम मुलुकका दुई प्रमुख कम्युनिष्ट पार्टीहरुले पार्टी एकीकरण समेत गर्नेगरी संयुक्त बाम गठबन्धन मार्फत सबै तहका निर्वाचन मा पाएको अपार सफलताबाट हामी अत्यन्तै उत्साहित भएका छौं ।’
विभिन्न कारणले विदेसिनु परेका प्रवासी नेपालीहरुले उठाउंदै आएका नेपाली नागरिकताको निरन्तरताप्रति सकारात्मक भई समृद्ध नेपाल बनाउन प्रवासी नेपालीहरुले प्राप्त गरेको शिक्षा, सिप, अनुभव र आर्थिक आर्जनलाई नेपाल भित्रयाउन समन्वयनकारी भूमिका निर्वाह गर्न तथा संघीयता र विकास सम्बन्धी बेलायती अभ्यासबाट आगामी दिनमा नेपालले लिन सक्ने फाइदाका लागि नेपाल सरकार तथा सातै प्रदेशका मुख्यमन्त्रीहरुसंग समन्वयनकारी भूमिका निर्वाह गरी गर्न प्रवासी नेपाली मञ्च बेलायत सधैं तयार रहने विज्ञप्तिमा छ ।
विज्ञप्तिमा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्म अनुरुप मुलुकको आमुल परिवर्तनको नेतृत्व गर्न बाम गठबन्धनका नेताहरु तथा प्रधानमन्त्री ओली सफल हुन् भन्ने कामना पनि गरिएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन