लन्डन । करि उद्योगको अस्कर मानिने ब्रिटिश करि अवार्डमा यसपटक चार नेपाली रेष्टुरेन्ट टप सयमा पर्न सफल भएका छन् । सोमबार सांझ लन्डन ब्याटरसी इभोलुसनमा आयोजित भव्य समारोहबीच ति रेष्टुरेन्टका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
बेलायतका चारहजार भन्दा बढि रेष्टुरेन्ट नोमिनेशन भएका मध्ये बेलायतको साउथ इष्ट क्षेत्रबाट सूर्य गुरुङको फार्नवोरोस्थित गोर्खा प्यालेस् रेष्टुरेन्ट,
किशोर सापकोटाको फोकस्टोनस्थित गोर्खा प्यालेस, पशुपति भण्डारीको आसफोर्डस्थित एभरेष्ट इन र रोशन सापकोटाको एभरेष्ट स्पाइस टप एकसयमा पर्न सफल भएका हुन् । गुरुङको गोर्खा प्यालेस् यो वर्ष सहित तेश्रो पटक लगातार टप एकसयमा पर्न सफल भएको हो । बेलायतमा करिब १२ हजार फाइन डाइन रेष्टुरेन्ट रहेको अनुमान छ ।
गुरुङले नेपाली रेष्टुरेन्टले पनि बेलायतको करि उद्योगमा आफ्नो स्थान सुरक्षित गर्दै लगेको बताए । ‘हामीले यस्ता कार्यक्रमबाट धेरै सिक्नु छ’, उनले वीनेपालीसंग भने ।
आ आफ्नो क्षेत्रका ग्राहकले आफ्नो मन परेको रेष्टुरेन्टलाई दिएको मत, खाना, फुड एण्ड हाइजिन, मेनु, साजसज्जा आदिका आधारमा रेष्टुरेन्ट उत्कृष्ट छानिन्छ । नोमिनेशनमा परिसकेपछि पनि निर्णायकहरुले गोप्य तरिकाले रेष्टुरेन्टका हरेक गतिविधि र खाना परिक्षण गर्ने गर्छन् ।
यसपटकको अवार्डमा प्रमुख अतिथी गृहमन्त्री टेरेसा मे थिइन् भने अन्य क्याबिनेट मन्त्री, सांसदहरु, काउन्सिलरहरु, ब्रिटिश सेलिब्रेटीहरु, नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, नेपाली रेष्टुरेन्ट व्यवसायी लगायत करिब १८ सय सहभागी थिए । सहभागी नभएका प्रधानमन्त्री डेभिड क्यामरुनको मन्तव्य भने भिडियोमार्फत देखाइएको थियो । उनले मन्तव्यका क्रममा करि उद्योगले बेलायतको अर्थतन्त्रमा दिएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा आयोजक इनम अली एमबीइले आफूहरुलाई दक्ष जनशक्ति अभाव रहेको दर्शाउंदै सरकारबाट सकारात्मक सहयोगको अपेक्षा गरेका थिए । प्रतिउत्तरमा गृहमन्त्री मेले सहयोगको प्रतिवद्धता जनाएको मेको भनाइ उधृत गर्दै गुरुङले जनाए ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने