लण्डन । बेलायतमा रहेका ओखलढुंगा जिल्लाबासीहरुको संस्था ओखलढुंगा जिल्ला समाज, युकेले मानेभन्ज्याङ गाउपालिकामा पर्ने हर्कपुरस्थित ओखलढुंगा जिल्लाको सिमानामा स्वागत द्वार निर्माणका लागि यही फेब्रुअरी १७ तारिख शनिबार एक च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
संस्थाका अध्यक्ष नानीबाबु मगरले दिएको जानकारी अनुसार, बेलायतस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा अल्डरसटको एम्पायर हलमा हुन लागेको सो च्यारिटीको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
संस्थाका महासचिव नारायण गुरुङका अनुसार पूर्वको चर्चित जिल्लाको रुपमा रहेको ओखलढुंगाबाट बेलायतमा आइ बसोबास गरिरहेका जिल्लावासीहरुले यसअघि पनि पटक पटक जिल्लाका लागि सहयोग गर्दै आइरहेका छन् । सो क्रममा गत वर्ष ओखलढुंगामा ५६ वर्ष अगाडि स्थापित स्थानिय सामुदायिक अस्पतालमा रहेको रक्तसंचार केन्द्रको लागि मेडिकल फ्रिज प्रदान गरिएको संस्थाका सल्लाहकार शिवजी श्रेष्ठले बताए ।
ओखलढुंगा जिल्ला नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि, सांगीतिक, साहित्यिक क्षेत्रमा समेत आफ्नो प्रभाव रहेको जिल्लाको रुपमा परिचित रहनुका साथै यस जिल्लाबाट बेलायतमा ब्रिटिश सेना तथा अन्य रुपमा आइ बसोबास गर्नेहरुको संख्या पनि उल्लेख्य छ ।
मेडिया सेक्रेटरी आश्विन गुरुङले सो दिनको च्यारिटी कार्यक्रममा सुप्रसिद्ध गायिका मिरा राणादेखि अहिले युवाहरुमा लोकप्रिय रहेकी ओखलढुंगे गायिका मौसमी गुरुङ लगायतको मनोरन्जनात्मक प्रस्तुति समेत रहने जानकारी दिए । सांस्कृतिक कार्यक्रमको संयोजन विष्णु राज गुरुङले गरिरहेका छन् ।
विश्वको सर्बोच्च शिखर सगरमाथाको प्रवेशद्वार ओखलढुंगा जिल्लासंगै जोडिएको सिन्धुली, उदयपुर एवम खोटाङ जिल्लाको सिमा नजिक पर्ने सो स्वागत द्वारले त्यस क्षेत्रको सौन्दर्यलाई थप मोहक बनाउने विश्वासका साथै धेरै जनाबाट सहयोग रकम जुटिरहेको संस्थाका अर्का मेडिया सेक्रेटरी प्रेम तामाङले बताएका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन