लन्डन । अर्घाखांची समाज यूकेले गृह जिल्लाको मालारानी गाउंपालिकामा प्रसुति गृह बनाउन आइतबार लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रमबाट करिब तीन हजार पाउण्ड संकलन भएको समाजका अध्यक्ष बालकृष्ण भुषालले जानकारी दिए । प्रसुति गृह निर्माणका लागि थप रकम संकलन भइरहेको अध्यक्ष भुषालले बताए ।
प्रमुख अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, विशेष अतिथी दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमका वक्ताहरुले बेलायतमा गठित कान्छो संस्था भएपनि अर्घाखांची समाज यूकेको सामाजिक कार्यको सराहाना गरे ।
सचिव तुंगभद्र खनालले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सल्लाहकार जीब बेल्वासेले स्वागत र उपाध्यक्ष बी पी खनालले धन्यवाद मन्तव्य दिएका थिए ।
एनआरएनए यूके सल्लाहकार कृष्ण तिवारीले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा बेलायतवासी गायिका ममता गुरुङ, सुजेश बैद्य, वयोवृद्ध क्याप्टेन रिटायर्ड बीरबहादुर थापा, शर्मिला पछाइ थापाले गायन र गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, सुस्मिता थापा, रस्मिता दर्लामी र पारिका आलेले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजसेवी व्यवसायी डा. कपिल रिजाल, मिन दर्लामी, हिराधन राई, आर के त्रिपाठी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमुख अतिथी लगायतले प्रमाणपत्र प्रदान गरे ।
तस्विर शिव भण्डारी
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन