लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले विधान अनुरुप हरेक दुई वर्षमा गर्ने काउन्सिल बैठक आगामी सेप्टेम्बर २९ तारिख, २०१८ शनिबार गर्ने भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ देखि सुरु हुने उक्त बैठकमा यूकेस्थित समस्त नेपाली संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिव वा दुईजना प्रतिनिधि सहभागी हुने एनआरएनए यूकेकी उपाध्यक्ष तथा संघ संस्था समन्वय विभाग प्रमुख पुनम गुरुङले बताइन् ।
उक्त बैठक एनआरएनए यूकेको दुई वर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण भएको संघको ठहर छ । उक्त सभामा कुनै संस्था नछुटोस् भन्ने उद्देश्यले संघ संस्था समन्वय विभाग प्रमुख एवं एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङको अध्यक्षतामा संघ संस्था विभाग उपसमिति गठन गरि उक्त उपसमितिलाई दिशा निर्देशन गर्न ३ जना सल्लाहकार समेत मनोनित गरिएको उपसमिति सदस्य सचिव रोहित गुरुङले बताए ।
उक्त उपसमितिमा एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङ अध्यक्ष, रोहित गुरुङ सदस्य सचिव र सदस्यहरु ज्योत्सना बस्नेत, मिलन गुरुङ, माधव श्रेष्ठ साथै सल्लाहकारमा डा. चन्द्र लक्सम्बा, भक्त गुरुङ र जीव बेल्बासे छन् ।
सभा सफल एवं सार्थक बनाउन उपसमितिले विभिन्न माध्यमबाट बेलायतका नेपाली संघसंस्थाका फोन नम्बर, इमेल, अध्यक्ष तथा महासचिवको नाम आदि संकलन गरिरहेको छ । यसलाई अझ व्यवस्थित र सहज बनाउन तल उल्लेखित व्यक्तिको फोन, इमेल आदिमा आफ्नो संस्थाको नाम, इमेल, अध्यक्ष र महासचिवको नाम इमेल, फोन नम्बर यथासक्य छिटो उपलब्ध गराइदिन विभाग उपसमितिले यूकेस्थित नेपाली संघ संस्थालाई आव्हान गरेको छ ।
विवरण पठाउन-
उपाध्यक्ष पुनम गुरुङ -०७७२७१३५३७६, Email- [email protected]
सदस्य सचिव रोहित गुरुङ – 07951477691, Email- [email protected]
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने