लन्डन । किरात याक्थुङ चुम्लुङ युकेले धरानको विजयपुर दरबार परिसरमा निर्माण हुन लागको पानी टंकीको विरोध जनाउंदै सो प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाका अध्यक्ष दिल सिं मेन्याङवो र महासचिव गणेश इजमले एक विज्ञप्ति जारी गरी पिउने पानी टंकी बन्नु नकारात्मक नभए पनि निर्माण गरिने क्षेत्रको छनौटले आदिवासी जनजातिको इतिहास र पहिचानको प्रमाणहरु मासिने शंका व्यक्त गर्दै विरोध जनाएका
छन् ।
बिज्ञप्तिमा विजयपुर दरबार परिसरको संरक्षण गर्दै पानी टंकी अन्य ठाउंमा निर्माण गर्न अपिल गरिएको छ ।
धरान उपमहानगरपालिकाले एकीकृत शहरी विकास परियोजना (आइयूडीपी) अन्तर्गत टंकी बनाउने निर्णय गरेपछि विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति आन्दोलित भएको हो ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनालाई दरबार परिसरमा निर्माण कार्य नथाल्न गत कात्तिक ८ गते सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।
गत वर्ष दरबार परिसरको मध्यभागमै आयोजनाले खानेपानी टंकी निर्माण गर्न ११७ थान रुख कटान गरेपछि विवाद चुलिएको थियो ।
संघर्षरत पक्षको वार्ता समिति र उपमहानगरपालिकाबीच गत माघ ९ गते १८ बुंदे समझदारी गर्दै आयोजना अघि बढ्ने नगर प्रमुख तारा सुब्बाले जनाएका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन