लन्डन । नायक भुवन केसी रोमान्टिक नेपाली अभिनेता मानिन्छन् । अहिले उनको होम प्रोडक्सन सिनेमा ‘कृ’ सुटिङ भइरहेको छ । नेपालमा सिनेमाको सबै सुटिङ सकेको भएपनि एउटा गीत भने बाँकी नै छ ।
त्यसैको छायाँकनका लागि भुवन केसी उनका छोरा तथा नायक अनमोल केसी, नायिका अदिती बुढाथोकीलगायतका टिम स्कटल्याण्ड पुगेको छ । भुवनको स्कटल्याण्ड जाने टिममा निर्माता सुवास गिरी र क्यामेराम्यान पुरुषोत्तम प्रधान पनि छन् ।
रमाइलो त के भने भुवनले उनकी प्रेमिका भनिने जिया केसीलाई समेत आफूसँगै स्कटल्याण्ड लगेका छन् । स्रोतकाअनुसार सिनेमामा जियाको कुनै भूमिका छैन् । तापनि भुवनले आफूसँग जियालाई स्कटल्याण्ड घुमाउन लगेका हुन् । तर, हालैको एक अन्तवार्तामा भने उनले जिया आफ्नी प्रेमिका नभएको स्पष्टोक्ति दिएका थिए । त्यसो भए किन लगे त जियालाई स्कटल्याण्ड ?
यसअघि भुवनले स्कटल्याण्ड जाने क्रममा त्रिभुवन विमानस्थलमा क्यामराबाट लुकिरहेकी जियालाई मिडियाको अगाडि ल्याएर सहज बनाएका थिए । भुवनले स्कटल्याण्ड पुगेपछि पनि त्यहाँ फोटो खिचेर सार्वजनिक गरेका छन् । जसमा जिया र ‘कृ’ की नायिका अदितीको बीचमा भुवन उभिएका छन् ।
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी