लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले शाखामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि एक दिने पत्रकारिता तालिमको आयोजना गरेको छ ।
भेटघाट रेस्टुरेण्ट अल्डरसटमा आयोजित सो तालिममा रेडियो बिजीडब्लुएसका म्यानेजिङ्ग डाइरेक्टर सोनाम छिरिङ्ग शेर्पाले अन्तरवार्ताका बारेमा, डा. नरेशचन्द्र राईले सिटिजन जर्नलिजमका बारेमा र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले समाचारका बारेमा तालिम दिएका थिए ।
सोही तालिममा फोनिजका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले विभिन्न राजनीतिक विचारधाराहरुका बारेमा र फोनिजकी अध्यक्ष प्रमिला लाबुङ्ग राईले नेपालको संविधानमा प्रेस सम्बन्धी व्यवस्थाका बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, राजनीतिकर्मी पूर्ण लोक्सम, होम सुनुवार, मीरा सुनुवार, सुमलकुमार गुरुङ्ग लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपालबाट यूके भ्रमणमा रहेका पत्रकार तारा चाम्लिङ्ग राईलाई नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गीमगर र फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ्ग राईले खादा लगाइ स्वागत गरेका थिए ।
तालिममा करिब ३० प्रशिक्षार्थीको सहभागिता थियो । तालिमको अध्यक्षता प्रमिला लाबुङ्ग र सञ्चालन खुशी लिम्बुले गरेका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि