लन्डन । भूतपूर्व गोर्खा समुदायका एकजना समाजसेवी तथा व्यवसायी लक्ष्य गुरुङले कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवारका रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् ।
ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको चुनावमा उनलाई सत्तारुढ कन्जर्भेटिभ पार्टीले बार्नेट काउन्सिलको हेल वार्डबाट उम्मेदवारको रुपमा छनोट गरेको हो ।
गुरुङले आइतबार बिहान मिलहिल क्षेत्रमा घरघरमै पुगेर स्थानीय वासिन्दाका समस्याहरुका बारेमा जानकारी लिएका थिए । उनको सो अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जर्भेटिभ पार्टीका पदाधिकारीहरु ओली हेजल, ली ट्याफ, श्रीमती स्मीता ट्याफ तथा बार्नेट काउन्सिलमै कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेदवारहरु लेथ जेलाह तथा एलिएट सिमवर्ग पनि सहभागी भएका थिए ।
‘हामीले भेटेका धेरैजसो मतदाताहरुले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको एउटा नयाँ आवास योजनाबारे आफ्ना चिन्ताहरु बताए । हामीले स्थानीय समुदायका यी गुनासाहरु सम्वोधन गर्न आफ्नो पार्टीको तर्फबाट काम गर्ने विश्वास दिलाएका छौं’- गुरुङले भने।
सन् २०१४ मा भएको स्थानीय चुनावमा आफ्नो गृह क्षेत्र बर्न्टओक वार्डबाट उम्मेदवारी दिएका गुरुङ यसपटक कन्जर्भेटिभ पार्टीकै तर्फबाट हेल वडाबाट उम्मेदवार बनेका हुन् ।
बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् । उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गोर्खासंग सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा