लन्डन । तमुधिं यूके र गोर्खाली समाज यूकेले गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्टसहितका पदाधिकारीहरुलाई संयुक्त रुपमा सम्मान गरेका छन् । मंगलबार सांझ अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ र गोरखा जिल्ला समाज यूकेका अध्यक्ष जयप्रकाश गुरुङले अध्यक्ष भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, सह कोषाध्यक्ष सोम सापकोटा, डेपुटी रिजनल वुमन कोअर्डिनेटर संगीता मरहट्ठा लगायतलाई गुरुङ परम्परागत संस्कृति अनुसार फेटा र दोसल्लाले सम्मान गरे ।
सो अवसरमा अध्यक्ष भट्टले दुई संस्थाप्रति आभार व्यक्त गर्दै तमुधिं यूकेले विगत जस्तै भविष्यमा पनि नेपाल र नेपालीको हितका लागि जुनसुकै मानवीय काममा एनआरएनएको सहयोग र सहकार्य रहने वचन दिए ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले तमुधिं यूके गुरुङहरुको जातिय संस्था भएपनि सामाजिक क्षेत्रमा नेपाल र सम्पूर्ण नेपालीको हित हुने कार्यमा अग्रसर संस्था भएको जनाउंदै संस्थाले बेलायतमा वर्षेनी दुई ठूला इभेन्ट गोर्खा कप र नेपाली मेला आयोजना गरि सबैको मन जित्न सफल भएको बताए । भट्टले भूकम्प र बाढी पीडितका लागि तमुधिं यूकेले गरेका कार्यहरुको प्रशंसा गर्दै तमुधिं यूकेको निमन्त्रणामा नेपाली मेलामा बेलायत आउने आश्वासन दिए ।
उक्त कार्यक्रममा उपाध्यक्षद्वय पन्त र आचार्यले शुभकामना व्यक्त गर्दै आफूहरुले तमुधिं यूकेसंग नजिकबाट समन्वय गरि धेरै काम गरेको अनुभव सुनाए ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गरेकामा समस्त तमुधिं यूके कार्यसमिति, सल्लाहकारहरु, तमुधिं इकाई अध्यक्ष, युवा, आमा समूह र आजीवन सदस्यहरु एवं गोरखाली समाज यूके अध्यक्ष तथा तमुधिं यूकेका सल्लाहकार जयप्रकाश गुरुङ र उनको कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका छन् ।
एनआरएनए यूके उपमहासचिव विनय अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा तिलकुमारी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
तस्विर- मिलन तमु
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा