लन्डन । बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय भोगिरहेका छन् । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले लन्डनस्थित नेपाली दूतावासलाई उक्त तथ्यांक दिएको हो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले यसअघि २० नेपाली जेलमा रहेपनि हाल ११ नेपालीले जेल सजाय भोगिरहेका जानकारी पाइएको बताए ।
‘चोरी, लागू औषध कारोबार, गैर कानुनी काम र बसाइ (ओभर स्टे) र अन्य अपराधका कारण नेपाली जेल परेका पाइएको छ’, दूतावासका प्रवक्ता समेत रहेका आरणले भने, ‘भिसा सकिएपछि गैर कानुनी बसेका नेपाली समेत समातिएर जेल जाने क्रम बढेको पाइएको छ ।’ डेटा प्रोटेक्सन एक्ट अनुसार व्यक्तिका विवरण सबै खुलाउन नमिल्ने भएर पनि जेल बसेका नेपालीबारे पर्याप्त सूचना थाहा नभएको दूतावासका भनाइ छ ।
केही समय अघि लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपाली चमन श्रेष्ठलाई ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले दुई वर्ष ८ महिना जेल सजाय सुनाएको थियो ।
बेलायतको कानुनमा अधिकार बिना गैर कानुनी काम गरेको भेटिए ६ महिनासम्म जेल सजाय हुन सक्ने प्रावधान छ । रोजगारदाताले जनही २० हजार पाउण्डसम्म तिर्नुपर्ने हुन सक्छ । गैर कानुनी बसेको व्यक्तिलाई घर भाडामा दिए ५ वर्षसम्म जेल सजाय र जरिवाना हुन सक्ने प्रावधान समेत यहां छ ।
बेलायतमा झण्डै दश लाख आप्रवासी गैर कानुनी बसिरहेको अधिकारीहरुले बताउंदै आएका छन् । सन् २००१ मा होम अफिसले गरेको एउटा विश्लेषणमा गैर कानुनी बसेका आप्रवासीको संख्या करिब ४ लाख ३० हजार थियो । तर, अहिले त्यो संख्या दोब्बर भन्दा बढि रहेको अनुमान छ ।
सरकारले यही जनवरीदेखि गैर कानुनी आप्रवासीलाई नियन्त्रण गर्ने अभियानकै एक हिस्सा अनुरुप यूके बैंक तथा बिल्डिङ सोसाइटीलाई करिब ७० मिलियन बैंक खाता जांच गर्न भनेको छ । तीन तीन महिनामा बैंक खाता जांच गरिने र यसो गर्दा पहिलो वर्षमै गैर कानुनी बसेका, शरणार्थी आवेदन दिएर अस्वीकृत भएका वा अन्य अपराध गरेका करिब ६ हजार आप्रवासीलाई स्वदेश फर्काउन सकिने विश्वास सरकारको छ । इकान्तिपुर
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन