
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ, बेलायतको पहलमा बेलायतमा रहेका आदिवासी जनजातिहरुले पद्मरत्न तुलाधरको संयोजकत्वमा गठित आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाललाई १८ लाख रुपियाँ सहयोग गर्ने भएका छन् ।
महासंघको आज लण्डनमा अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको महासचिव नरेश काङमाङ राईले जानकारी दिए ।
महासचिव राईका अनुसार बैठकमा महासंघमा आवद्ध ११ वटा जातीय संस्थाहरुले १/१ हजार पाउण्डका दरले सहयोग गर्ने सर्वसम्मतिले निर्णय भएको छ भने किरात राई यायोख्याले २ हजार पाउण्ड सहयोग गर्ने वचन दिएको छ ।
महासंघमा मगर, गुरुङ, राई, लिम्बु, तामाङ, दुरा, छन्त्याल, शेर्पा, हृयोल्मो, सुनुवार र याख्या जातिका संस्था आवद्ध छन् ।
यस्तै, बैठकले बेलायतमा रहेका संघीयतावादीहरुको मोर्चा पनि गठन गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी आवद्ध हिमालयन अर्गनाइजेसनका पदम गाहालाई मोर्चाको संयोजक तोकिएको छ । मोर्चामा एनेकपा माओवादी सम्वद्ध प्रगतिशील नेपाल नेपाली समाज, नेकपा-माओवादी सम्वद्ध प्रगतिशील नेपाली समाज, संघीय समाजवादी पार्टी आवद्ध संघीय समाज र संघीय लिम्बुवान पार्टी आवद्ध संघीय लिम्बुवान एकता समाज रहेका छन् ।
उत्तरपश्चिम इङ्गल्याण्डमा बक्सिङका पूर्वविश्व च्याम्पियन ह्याटनको ४६ वर्षको उमेरमा निधन
ट्रम्पको भ्रमणअघि बेलायतमा अमेरिकी वित्त कम्पनीहरूको ठूलो लगानी, १८ सय रोजगारी सिर्जना हुने
तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ : मनोरोग विशेषज्ञ डा अज्वनी रिमाल (अन्तर्वार्ता)
नेपालको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा अमेरिकाले गर्यो स्वागत
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध ‘जेन–जी’को सडक आन्दोलन, काठमाडौंमा कर्फ्यु लगाइयो
‘जेनजी’को नाममा भएको आन्दोलन अराजक बनेपछि नेपालमा ठूलो जनधनको क्षति
नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा
नेपालमा ‘जेनजी’ को आन्दोलनका क्रममा ३० जनाको मृत्यु, हजारभन्दा बढी घाइते