लन्डन । बेलायतस्थित नेपाली महिलाहरुको एउटा क्रियाशिल संस्था ‘एसियन महिला एसोसिएसन’ (आमा) ले पत्रकार रवि लामिछानेको बाढी पीडित प्रोजेक्टलाई एक लाख ४० हजार रुपैयां प्रदान गरेको छ ।
उक्त सहयोग रकम संस्थाकी महासचिव कल्पना गुरुङ र कोषाध्यक्ष सन्जु श्रेष्ठले नेपालमा एक कार्यक्रमबीच पत्रकार लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल ड्रबाट संकलित रकम नेपालमा बाढी पीडितका लागि दिने निर्णय गरे बमोजिम बाढी पीडितका लागि घर बनाउने प्रोजेक्टको नेतृत्व गरिरहेका लामिछिनेलाई सहयोग दिइएको हो ।
आमाकी अध्यक्ष अमिता बेल्बासेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको थियो ।
एसोसिएसनले हरेक वर्ष तीज कार्यक्रमबाट संकलित रकम नेपालमा सक्रिय माइती नेपाल, रक्षा नेपाल जस्ता संस्थालाई दिंदै आएको छ । संस्थाले बेलायतस्थित शिव कल्चर एण्ड कम्युनिटी सेन्टर लगायत विभिन्न च्यारिटेबल संस्थालाई समेत सहयोग गरेको छ ।
आमाले नेपाली कला संस्कृतिको संरक्षणका लागि हरेक वर्ष बेलायतमा वृहत तीज कार्यक्रम गरि समस्त महिलाहरुलाई यहांको परिवेशबारे सुसुचित गराउनुका साथै थप जागरुक बनाउन प्रयत्न गरिरहेको छ ।
संस्थाले हरेक वर्ष नारी दिवसमा विभिन्न निकायका व्यक्तित्वहरुलाई निम्त्याई ‘इन्फरमेसन डे’ को रुपमा पनि मनाउंदै आएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि