लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टसंग एक अन्तरक्रिया गर्ने भएको छ । आगामी साता २२ जनवरीमा बेलायत आउन लागेका भट्टसंग २३ जनवरी मंगलबार, सांझ ७ बजे लन्डनमा अन्तरक्रिया गर्न लागिएको हो । इलिंग ब्रोडवेस्थित मन्टिजमा हुने उक्त कार्यक्रममा शाखाले हालै अध्यक्ष निर्वाचित भट्टलाई औपचारिक रुपमा बधाइ र स्वागत गर्ने कार्यक्रम छ । अक्टोबरमा अध्यक्षको नेतृत्व सम्हालेपछि भट्टको यो पहिलो बेलायत भ्रमण हो ।
अन्तरक्रियामा गैर आवासीय नेपाली संघको भावी योजना, केही अनलाइनमा संघका विरुद्ध हाल आइरहेका समाचार, विदेशमा रहेका नेपालीको संघबाट अपेक्षा, एनआरएनए र पत्रकारहरुबीच व्यवसायिक सम्वन्ध लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
उता, गैर आवासीय नेपाली संघ बेलायतले पनि २२ तारिखमा भट्टसहित राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल, ग्लोबल आइएमइ बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, एनआरएनए आइसीसी पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनए उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य लगायत अभियन्तासंग अन्तरक्रिया गर्ने भएको छ । उक्त कार्यक्रमको संयोजन एनआरएनए यूके उपाध्यक्ष शेर सुनारले गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि