लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आगामी जनवरी २७ तारिखका दिन मिडिया तथा पत्रकारिता सम्बन्धि एक कार्यशाला गोष्ठी गर्ने भएको छ ।
बेलायतमा रहेका आदिवासी जनजाति समुदायबीच मिडिया र पत्रकारिताका आधारभूत पक्षहरुमा दिक्षित गराउने र आदिवासी जनजाति नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप फोनिज यूकेले कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
अल्डर्शटको भेटघाट रेस्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, रेडियो बिजिडब्ल्युएसका निर्देशक सोनाम छिरिङ शेर्पा र नागरिक पत्रकारिताका बिज्ञ डा. नरेशचन्द्र राई प्रमुख प्रशिक्षक रहनेछन् भने बीबीसी नेपाली सेवाका सम्पादक भगीरथ योगीलाई पनि अतिथि प्रशिक्षकको रुपमा निमन्त्रणा गरिएको छ ।
डा. नरेशचन्द्र राई नागरिक पत्रकारिताका बिज्ञ हुन् र उनले रोबर्ट गोर्डन युनिभर्सिटीबाट सिटीजन जर्नालिजममा पीएचडी गरेका छन् ।
फोनिज यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राईका अनुसार कार्यशाला गोष्ठीको प्रकृति मिडिया प्रशिक्षणको जस्तो हुने र गोष्ठीको बिषय ‘आदिवासी जनजाति पत्रकारहरुको क्षमताको अभिवृद्धि’ रहेको छ । तथापि प्रस्तुतकर्ताले आफ्नो बिज्ञताको क्षेत्र र अनुभवको आधारमा पत्रकारिता सम्वन्धि कुनै पनि बिषयमा प्रस्तुती दिन सक्नेछन् । तसर्थ प्रमुख धारका पत्रकारिता गर्दै आएका र मिडिया सम्बन्धि ज्ञान लिन चाहने इच्छुक सबैलाई राईले उपस्थितिको लागि आब्ह्वान गरेकी छन् ।
कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी फोनिज यूकेको वेवसाइट www.fonijuk.org बाट लिन सकिन्छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय