रियाद, २९ पुस – साउदी अरबका महिलाहरु पनि अव फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । पहिलो पटक शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् ।
जेद्दाहामा भएको प्रतियोगितामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् ।
यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो । अव आफ्ना परिवारजनसँग फुटबल प्रतियोगिता हेर्न वा र प्रतियोगितामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको छ ।
हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो ।
रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रबेशद्धार, शौचालय, पार्किङस्थल लगायत व्यवस्था गरिएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् ।
यस वर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलाउन र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाईने व्यवस्था पनि गर्ने निर्णय गरेको छ ।
साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवै भन्दा धेरै अनुदार मुलुक मानिन्छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान