लन्डन । बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४ वर्षीय चमन श्रेष्ठलाई क्रमशः ५ वर्ष र दुई वर्ष ८ महिना जेल सजाय सुनाएको हो । बोसम्यान रेडिङको आर्गिल स्ट्रिट बस्ने भएपनि श्रेष्ठको ठेगाना उल्लेख गरिएको छैन् ।
स्थानीय अखबार दि रेडिङ क्रोनिकलका अनुसार, ति दुई जना एउटा होटल रुममा क्लास ए ड्रग क्रयाक कोकिन र हेराइन सप्लाइ गर्न तयारी गरिरहेको अवस्थामा समातिएका थिए ।
प्रहरीले गत जुन १७, २०१६ मा रेडिङ टाउन सेन्टर, चिपसाइडमा खानतलासीका क्रममा उनीहरुबाट १२ पोका हेरोइन र क्रयाक कोकिन चकलेटको खोलमा लुकाइरहेको अवस्थामा भेट्टाएको थियो ।
उनीहरु प्रहरी धरौटीमा रहेकै बेला कानुन विपरित गत अगष्ट ६, सन् २०१६ मा वकफिल्ड पार्क, मोर्टिमर बर्कसायरस्थित एक होटलमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गर्ने तयारी गरिरहंदा समातिएका थिए । प्रहरीले बरामद लागूऔषध करिब ६ हजार पाउण्ड भन्दा बढि मुल्यको भएको बताएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी स्यानोन वाकरले अदालतले जेल सजाय दिएबाट ति दुईको अपराध कति गम्भीर प्रकृतिको थियो भन्ने प्रतिबिम्बित भएको जनाउंदै थेम्स भ्याली पुलिस लागूऔषध कारोबार गर्नेलाई कानुनी कठघरामा उभ्याउन प्रतिवद्ध रहेको बताएका छन् ।
पछिल्लो समय बेलायतमा नेपालीको अपराधिक क्रियाकलाप बढ्दै गएको छ । बेलायतमा २० जना नेपाली जेलमा रहेको तथ्यांक लन्डनस्थित नेपाली दूतावासले केही समय अघि दिएको थियो । गम्भीर प्रकृतिको अपराध गरेको प्रमाणित भए जेल सजायपछि आवासीय अधिकार लिइसकेका नेपालीलाई पनि डिपोर्ट गरिदिनसक्ने यहांको कानुन छ । इकान्तिपुर
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन