वासिङ्टन, २८ पुस – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गर्नुभएको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उहाँले ती नागरिकप्रति ‘हेपाहा’ भाषा प्रयोग गर्नुभएको बताइएको छ ।
सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उहाँले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गर्नुभएको बताइएको छ ।
ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपरयो भनी प्रश्न गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख छ ।
उहाँले उक्त बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेको बताइएको छ ।
हाइटी, एल्साल्भाडोर र अफ्रिकी देशका नागरिकलाई बेकामे भनेकोमा ती देशले पनि विरोध गरेका छन् ।
रिपब्लिकन र डेमोक्रयाट सांसद्हरूलाई नै राष्ट्रपति ट्रम्पले उल्टै प्रश्न गर्नुभएको थियो– ‘किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ ल्याउनुपरयो ? उनीहरुलाई किन अमेरिका प्रवेश गर्न दिने ?’
वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार