
वासिङ्टन डिसी, २१ पुस – अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ ।
पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका कारबाही पर्याप्त रुपमा नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ ।
पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ ।
उनीहरुका बिरुद्ध सशक्त रुपमा कारबाही नगर्दासम्म अमेरिकाले दिँदै आएको उक्त सहायता निलम्बन गर्ने अमेरिकी विदेश मन्त्रालयले बताएको समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट अरबौँ डलरको सहयोग लिएको भए पनि पाकिस्तानले आतङ्कवादीलाई कारबाहीको सट्टा शरण दिएको आरोप लगाउनुभएको थियो ।
यो साताको शुरुमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएपछि पाकिस्तानको सो सहयोग रोक्ने बारेमा विशेष चर्चा सुरु भएको थियो ।
उता पाकिस्तानले भने इस्लामिक अतिवादीहरुका विरुद्धमा आफूले कारबाही जारी नै राखेको र ती सञ्जालहरूसँगको लडाईंमा देशले ठूलो क्षति ब्यहोरिहेको दाबी गर्ने गरेको छ ।
पाकिस्तानले आफ्नै देशमा लुकेर बसेका र अफगानिस्तानको सीमा क्षेत्रमा रहेका अफगान तालिबान र उसका सहयोगीहरूलाई अफगानिस्तानमा हमला नरोकेको गुनासो अमेरिकाले गरेको छ ।
पाकिस्तानले भने ती तालिबानहरुबाट आफू नै पीडित भएको र आफ्नो तर्फबाट कसैलाई कतैतर्फ पनि आक्रमण गर्ने अवस्था नदिएको जानकारी दिएको छ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएदेखि नै उहाँले पाकिस्तानको यो कार्यको आलोचना गर्दै आउनुभएको छ ।
उहाँले मुस्लिम अतिवादका विरुद्धमा पाकिस्तानले सशक्त र कडा कदम नचालेको तर अमेरिकाले भने सोही कार्यका लागि ठूलो आर्थिक सहायता पुरयाउँदै आएको बताउँदै आउनुभएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानले ती मुस्लिम अतिवादी लडाकूहरुका बिरुद्धमा कडा कदम नचाल्दासम्म सुरक्षा सहायता रोक्ने निर्णय गरेको बताइएको छ ।
तर अहिले नै के कति मात्रामा उक्त सहायता रकम वा सहायता रोक्न लागिएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको हिंसात्मक हमलापछि पाकिस्तान पनि आतङ्कवाद विरुद्धको अमेरिकी अभियानमा जोडिएको थियो ।
त्यस समय अल कायदा भनिने आतङ्कवादी संगठनले न्युयोर्कमा हमला गरेको थियो । सो हमलाका विरोधीहरुलाई कारबाही गर्ने भन्दै पाकिस्तानले अमेरिकाबाट अरबौँ डलर सहायता प्राप्त गर्ने गरेको छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका