लण्डन । नयाँ वर्ष सन् २०१८ को अवसरमा नेप्लीज युथ नेटवर्क (एनवाइएन) ले दक्षिण पूर्वी लण्डनमा एक कार्यक्रम आयोजना गरेको छ । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युके (एसएनपी युके) को सहयोगमा सेन्ट माइकेल्स कम्युनिटी सेन्टर वेलिङमा गत शनिबार आयोजित कार्यक्रमको मुख्य उद्देश्य बेलायतमा बसोबास गरिरहेका नेपाली युवाहरुलाई सांस्कृतिक तथा सामाजिक गतिविधिमा संलग्न गरी उनीहरुको व्यक्तित्व विकासमा सघाउनु थियो ।
सो अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता, गायन, नृत्य, वाद्य वादन तथा खेलकुद लगायत कार्यक्रममा किशोरकिशोरी तथा बालबालिकाले उत्साहका साथ भाग लिएका थिए ।
झण्डै सात घन्टा चलेको रमाइलो कार्यक्रमको सन्चालन नेप्लीज युथ नेटवर्ककी संयोजक निकिता खरेल, सम्राट कोइराला, अपेक्षा न्यौपाने र श्रीकृत वाग्लेले गरेका थिए ।
कार्यक्रमका एकजना आयोजक श्रीकृत वाग्लेले भने, ‘यो कार्यक्रमले नेपाली युवाहरुलाई एकआपसमा चिनजान गर्ने र सहकार्य गर्ने मौका मिल्यो। हामीले आफूभन्दा अग्रजहरुका कुरा सुन्ने मौका पनि पायौं । कल्याणकारी कामका लागि सहयोग जुटाउने अवसर पनि पाइयो । भविष्यमा पनि हामी यस्ता कार्यक्रमहरु आयोजना गर्न चाहन्छौं ।’
त्यस्तै कार्यक्रम आयोजना गर्न सघाएका सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेका युवा संयोजक शेखर वाग्लेले भने, ‘ब्रिटेनमा बसोबास गरिआएका हामी नेपालीहरुले आफ्नो पहिचानलाई पुस्तौपुस्तासम्म कायम गर्न दोस्रो पुस्ताका सन्ततिहरुलाई जिम्मेवारी दिई अगाडी बढाउन जरुरी छ । यसका लागि सम्पूर्ण अभिभावकहरुले आफ्ना छोरा छोरीहरुलाई सकारात्मक सोचका साथ प्रोत्साहन गर्न पनि आवश्यक छ ।’
उक्त कार्यक्रमलाई संबोधन गर्ने क्रममा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेका अध्यक्ष डा. तेजेन्द्र फेरालीले युवाहरुले नेपाली पहिचान जोगाउनुका साथै उच्च गुणस्तरीय शिक्षाद्वारा बेलायतमा सामाजिक र आर्थिक रुपमा पनि राम्रो गरुन् भन्ने आफूहरुको चाहना भएको बताउंदै त्यसकालागि बेलायतमा बसोबास गरिरहेका दोश्रो पुस्ताका नेपालीहरुबीच आपसी चिनजान र मित्रता बलियो बनाउन यस्ता कार्यक्रमहरु फलदायी हुने बताए ।
उनले ब्रिटेनमा बसिरहेका नेपालीहरुलाई नजिक ल्याउन पनि यस्ता कार्यक्रमले सघाउने विचार व्यक्त गरे । सो अवसरमा डा. फेरालीले सबै सहभागीलाई नयाँ वर्ष २०१८ को शुभकामना व्यक्त गर्नुकासाथै कार्यक्रम सफल पार्न खटेका नेप्लीज युथ नेटवर्कका सदस्यहरु तथा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेका साथीहरुलाई धन्यवाद पनि दिए ।
कार्यक्रममा दक्षिणपूर्वी लण्डनमा बसोबास गर्ने नेपाली किशोरकिशोरी, बालबालिका तथा अभिभावक गरी झण्डै १५० जनाको सहभागिता थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि