
एनआरएनए पोर्तुगलले टोपी दिवसका अवसरमा पोर्तुगलको अल्मेदा पार्कमा आयोजना गरेको एक कार्यक्रमका सहभागी ।
पोर्तुगल । रंग रंगका, आ आफ्नो संस्कार र संस्कृति अनुसारका नेपाली टोपी लगाएर आफैंले आफैंलाई एकपटक हेर्नुहोस् त, नेपाली हुनुमा स्वयं गर्व महसुस हुन्छ । सगरमाथा झैं शिर उंचो हुन्छ । टोपी नेपालीहरुको शान, मान र पहिचान हो, यही टोपीको शानलाई विश्वव्यापी परिचित र स्थापित गराउन पांच वर्ष अघि नेपाली टोपी दिवस शुरु भएको हो ।
आज जनवरी १ संसारभरिका नेपालीहरु टोपीमय भएका छन् । पुरै सामाजिक सञ्जाल नेपाली टोपीले भरिभराउ छन् । विभिन्न देशका एनआरएनएहरुको अगुवाइमा औपचारिक रुपमा नै अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको विवरणहरु प्राप्त भएका छन् ।
पांच वर्षदेखि इस्बी सम्वतको पहिलो दिन जनवरी १ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा नेपाली टोपी दिवसको रुपमा भब्यताकासाथ मनाउंदै आइएको छ । यसवर्ष पनि उत्सवकै रुपमा संसारभर टोपी दिवस भब्य रूपमा मनाइएको र मनाउने क्रम जारी रहेको टोपी दिवसलाई मान्यता दिन सक्रियमध्ये एक युवा आर सी मरहठ्ठाले बताए ।

नेपालमा राष्ट्रिय टोपी दिवसको अवसरमा विदेशी पर्यटकहरु नेपाली ढाकाटोपी लगाउँदै । तस्वीर – नवीन पौडेल, रासस
जनवरी १ लाई नै किन नेपाली टोपी दिवस रोजिएको होला ? टोपी दिवसलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल सरकारबाट मान्यता दिलाउनु पर्ने मत राख्ने युरोपस्थित एकजना सक्रिय पत्रकार राजकुमार थापाको तर्क छ, ‘जनवरी १ अन्तर्राष्ट्रिय नयां वर्ष हो, विश्वका अधिकांस देशहरुले यसलाई महाउत्सवका रूपमा मनाउंछन् । संसारभरि बिदा हुन्छ, त्यसैले यही महाउत्सवको दिन नेपाली टोपीलाई अन्तर्राष्ट्रियकरण गर्न यो दिन चुनिनु उचित छ ।’ उनी थप्छन्, ‘नेपालभित्रै त टोपीलाई चिनाउनै पर्दैन नि, टोपीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने हो, संसारमा चिनाउने हो, महाअभियान बनाउने हो, सकारात्मक काममा हातेमलो गर्ने हो ।’
जनवरी १ र टोपीको कुनै साइनो नभएको भन्ने खालका विवाद उत्पन्न गर्न खोजिएका सम्वन्धमा एकजना अगुवा रामचन्द्र मरहठ्ठा भन्छन्,’सकारात्मक कामलाई ग्रहण गर्न पनि नसक्ने, जहिले इष्यालु र आलोचनामा दिन बिताउने केही मान्छेले भन्दैमा केही हुंदैन । यो महाअभियान हो, यो स्थापित भइसक्यो, अब यो सबैको साझा पूंजी हो, जोगाएर लानुपर्छ, संसारमा टोपीको पहिचान स्थापित गर्नुपर्छ, मेरो कुरा यत्ति हो, कोहीसंग कुनै विवाद गर्नु छैन् ।’
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने