
एनआरएनए पोर्तुगलले टोपी दिवसका अवसरमा पोर्तुगलको अल्मेदा पार्कमा आयोजना गरेको एक कार्यक्रमका सहभागी ।
पोर्तुगल । रंग रंगका, आ आफ्नो संस्कार र संस्कृति अनुसारका नेपाली टोपी लगाएर आफैंले आफैंलाई एकपटक हेर्नुहोस् त, नेपाली हुनुमा स्वयं गर्व महसुस हुन्छ । सगरमाथा झैं शिर उंचो हुन्छ । टोपी नेपालीहरुको शान, मान र पहिचान हो, यही टोपीको शानलाई विश्वव्यापी परिचित र स्थापित गराउन पांच वर्ष अघि नेपाली टोपी दिवस शुरु भएको हो ।
आज जनवरी १ संसारभरिका नेपालीहरु टोपीमय भएका छन् । पुरै सामाजिक सञ्जाल नेपाली टोपीले भरिभराउ छन् । विभिन्न देशका एनआरएनएहरुको अगुवाइमा औपचारिक रुपमा नै अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको विवरणहरु प्राप्त भएका छन् ।
पांच वर्षदेखि इस्बी सम्वतको पहिलो दिन जनवरी १ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा नेपाली टोपी दिवसको रुपमा भब्यताकासाथ मनाउंदै आइएको छ । यसवर्ष पनि उत्सवकै रुपमा संसारभर टोपी दिवस भब्य रूपमा मनाइएको र मनाउने क्रम जारी रहेको टोपी दिवसलाई मान्यता दिन सक्रियमध्ये एक युवा आर सी मरहठ्ठाले बताए ।

नेपालमा राष्ट्रिय टोपी दिवसको अवसरमा विदेशी पर्यटकहरु नेपाली ढाकाटोपी लगाउँदै । तस्वीर – नवीन पौडेल, रासस
जनवरी १ लाई नै किन नेपाली टोपी दिवस रोजिएको होला ? टोपी दिवसलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल सरकारबाट मान्यता दिलाउनु पर्ने मत राख्ने युरोपस्थित एकजना सक्रिय पत्रकार राजकुमार थापाको तर्क छ, ‘जनवरी १ अन्तर्राष्ट्रिय नयां वर्ष हो, विश्वका अधिकांस देशहरुले यसलाई महाउत्सवका रूपमा मनाउंछन् । संसारभरि बिदा हुन्छ, त्यसैले यही महाउत्सवको दिन नेपाली टोपीलाई अन्तर्राष्ट्रियकरण गर्न यो दिन चुनिनु उचित छ ।’ उनी थप्छन्, ‘नेपालभित्रै त टोपीलाई चिनाउनै पर्दैन नि, टोपीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने हो, संसारमा चिनाउने हो, महाअभियान बनाउने हो, सकारात्मक काममा हातेमलो गर्ने हो ।’
जनवरी १ र टोपीको कुनै साइनो नभएको भन्ने खालका विवाद उत्पन्न गर्न खोजिएका सम्वन्धमा एकजना अगुवा रामचन्द्र मरहठ्ठा भन्छन्,’सकारात्मक कामलाई ग्रहण गर्न पनि नसक्ने, जहिले इष्यालु र आलोचनामा दिन बिताउने केही मान्छेले भन्दैमा केही हुंदैन । यो महाअभियान हो, यो स्थापित भइसक्यो, अब यो सबैको साझा पूंजी हो, जोगाएर लानुपर्छ, संसारमा टोपीको पहिचान स्थापित गर्नुपर्छ, मेरो कुरा यत्ति हो, कोहीसंग कुनै विवाद गर्नु छैन् ।’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]