तेहरान, १६ पुस – इरानमा रातभरी भएको प्रदर्शनका क्रममा दश जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । अहिले जारी प्रदर्शनका क्रममा सवै भन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनु भएको छ ।
मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका छन् । सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार रहेको समाचार प्रसारण गरेको छ ।
स्थानीय एक सांसदले दुई जनाको दक्षिणपश्चिमी शहर इजेहमा गोली हानी हत्या भएको बताउनुभयो । यी बाहेक किशोरावस्थाका एक किशोरसहित अन्य दुई जना पनि मारिएका छन् । इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरुको संख्या विगत चार दिनमा १२ पुगेको छ ।
यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीले जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुंदै गएका छन् ।
इरानको दोस्रो ठूलो सहर मस्साड र अरु पश्चिम इरानी सहरमा पनि हजारौँ प्रदर्शनकारीले सडकमा उत्रिएर प्रदर्शन गरेका विभिन्न सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका उनीहरुले बताएका छन् ।
इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकार विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती