तेहरान, १६ पुस – इरानमा रातभरी भएको प्रदर्शनका क्रममा दश जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । अहिले जारी प्रदर्शनका क्रममा सवै भन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनु भएको छ ।
मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका छन् । सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार रहेको समाचार प्रसारण गरेको छ ।
स्थानीय एक सांसदले दुई जनाको दक्षिणपश्चिमी शहर इजेहमा गोली हानी हत्या भएको बताउनुभयो । यी बाहेक किशोरावस्थाका एक किशोरसहित अन्य दुई जना पनि मारिएका छन् । इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरुको संख्या विगत चार दिनमा १२ पुगेको छ ।
यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीले जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुंदै गएका छन् ।
इरानको दोस्रो ठूलो सहर मस्साड र अरु पश्चिम इरानी सहरमा पनि हजारौँ प्रदर्शनकारीले सडकमा उत्रिएर प्रदर्शन गरेका विभिन्न सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका उनीहरुले बताएका छन् ।
इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकार विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने