लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीले प्लमस्टिडस्थित चौतारी रेस्टुरेण्टमा क्रिसमस तथा नयां वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
स्थानीय चर्चित ब्याण्ड ‘दाजु भाई इंक’ को प्रस्तुतिसहित सांस्कृतिक माहोलमा भएको उक्त कार्यक्रममा स्थानीय काउन्सिलर म्याथु म्यारो र एन्जेला कोनफोर्थ विशेष अतिथीका रुपमा उपस्थित थिए । कार्यक्रममा एनआरएनए अष्ट्रियाका उपाध्यक्ष मनोज बिष्ट, एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपाने, ब्यबसायी नरेन्द्र कंडेल, पशुपति मन्दिर कमिटीका अध्यक्ष सहदेव गिरी, पासा पुच साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापति, एनआरएनए यूकेका सदस्य अर्कराज तिमिल्सिना लगायत अतिथीको पनि उपस्थिति थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिगोविन्द गुरुङ तथा एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य तथा संस्थाका बरिष्ठ सल्लाहकार मोहन गुरुङले अष्ट्रिया एनआरएनए उपाध्यक्ष बिष्टलाई खादा लगाई स्वागत गरेका थिए ।
संस्थाका महासचिव जित रानाभाटले सञ्चालन गरेको उक्त अनौपचारिक कार्यक्रममा उपस्थित सबैलाई अध्यक्ष हरि गोविन्द गुरुङले स्वागत तथा धन्यवाद दिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि