मस्को, ११ पुस – रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गर्नुभएको छ ।
यहाँको निर्वाचन आयोगले उहाँलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ । आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा उक्त चुनावमा उठ्न वञ्चित गरेपछि उहाँले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गर्नुभएको हो ।
उहाँले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता पनि नहुने बताउनुभएको छ । त्यसैले उहाँले मतदाताहरुलाई पनि सो अवैध निर्वाचनको विरोध जनाउन आह्वान पनि गर्नुभएको छ ।
रुसको निर्वाचन आयोगले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएको भन्दै राष्ट्रपतिको उम्मेदवार बन्न पनि अयोग्य ठहराएको जानकारी हालैमात्र दिएको थियो ।
रुसमा पुनः यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतीय निर्वाचनमा उठ्न लाग्नुभएको छ । उहाँ यस पटक चौथो कार्यकालका लागि राष्ट्रपतिमा उठ्न लाग्नुभएको छ ।
नभाल्नि ४१ वर्षको मात्र हुनुहुन्छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रुपमा हेरिएको थियो । पुटिनलाई चुनौती दिनसक्ने एकमात्र उम्मेदवारका रुपमा उहाँलाई हेरिएकोमा निर्वाचन आयोगले नै अयोग्य ठहराइदिएको छ– एकजना राजनीतिक विश्लेषकले बताएका छन् ।
उहाँलाई केही समयअघि लगाइएको भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भनेर रुसको निर्वाचन आयोगले चुनावमा उठ्न नपाउने निर्णय दिएको थियो ।
तर त्यो आरोपको उहाँले ठाडै खण्डन गर्नुभएको छ । उहाँले निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रुपमा प्रेरित भएको र त्यो सबै राष्ट्रपति पुटिनको निर्देशनमा भएको जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगको यो निर्णयका विरुद्धमा रुसी नागरिकले विरोध प्रदर्शन गर्ने चतावनी पनि उहाँले दिनुभएको बताइएको छ । उहाँले यो चुनाव नभई पुटिनका पक्षधरहरुले मात्र भागलिने राजनीतिक कार्यक्रम भएको पनि आरोप लगाउनुभयो ।
पुटिनका समर्थकहरुले मनोनयन प्रक्रियाका लागि मंगलबार एकजुट हुन लागेका छन् । नभाल्नीले आफूले पनि विपक्षीका तर्फबाट सो निर्वाचनको विरोधमा प्रदर्शनको नेतृत्व गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]