
मस्को, रसिया, ७ पुस – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पद्वारा हालै सार्वजनिक सुरक्षा रणनीतिलाई शुक्रबार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताउनुभएको छ । रसियाली नेता पुटिनले भन्नुभयो, ‘यसै साता अमेरिकाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा नीति सैनिक भाषामा भन्नुपर्दा ‘साँच्चिकै आक्रामक’ छ । हामीले यसको व्यवहारिक प्रतिक्रिया दिनेछौँ ।’
पुटिनले खासगरी अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को यूरोपमा उपस्थिति बढाउने भन्ने बिषयप्रति लक्षित गर्दै भन्नुभयो,’मस्कोले आफ्नो सार्वभौम शक्तिको संरक्षण गर्न र विश्वको आफूप्रतिको चासोलाई कायम राख्न शक्तिशाली आधुनिक सेनाको निर्माण गर्नेमा प्रयासरत रहेको छ ।’
‘रसिया विश्वको नेतृत्व गर्न सक्षम मुलकका रूपमा रहनेछ र केही भूभागमा नेतृत्वदायी भूमिका प्रदान गरिरहेको छ’, रसियाली राष्ट्रपतिले भन्नुभयो । नयाँ युग अनुसार निर्माण भएको रसियाली सेनाले आफ्नो स्वाभिमान कायम राख्न रसियाको पक्षमा काम गर्ने उहाँले बताउनुभयो ।
‘हामीले पहिले रसियाली सीमा र यूरोप, जहाँ नेटोको सैन्य संरचना छिट्टै बिस्तार हुँदैछ, विश्व शक्ति सन्तुलनलाई कायम राख्न आवश्यक सुधारलाई अवलम्वन गर्नुपर्छ’-पुटिनले भन्नुभयो ।
नेता पुटिनले सन् १९८७ यता ‘इन्टर्मेडियट न्यूक्लियर फोर्सेस’ (आइएनएफ) सन्धिको अमेरिकाले उल्लङ्घन गरेको बताउनुभयो । सन्धिमा छोटो तथा मध्यम दुरीका सबै प्रकारका आणविक तथा परम्परागत क्षेप्यास्त्रलाई रोक्ने सहमति भएको थियो । मस्कोले पोल्याण्ड र रोमानियामा रहेका ‘यूएस प्याट्रियट मिसाएल सिस्टम’ रसियामाथि आक्रमण गर्न बनाइएका हुनसक्ने आरोप लगाएको छ ।
वासिङ्टनले पनि मस्कोद्वारा उक्त सन्धिको उल्लङ्घन गरेको दावी गर्दै आएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]