मिचेट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले तमुधिं यूकेको सहयोगमा रसमोर एरियामा पहिलोपटक आगोमा हिंड्ने कार्यक्रम गरेको छ ।
तमुधिं भवन मिचेटमा सम्पन्न उक्त कार्यक्रममा नेपाली, इंगलिस, चाइनिज लगायत अरु समुदायका करिब १८० जनाको सहभागिता रहेकोमा ५५ जना आगोमा हिंड्न सफल भए ।
जीवनमा डरदेखि सदाका लागि मुक्त हुन सहयोगी सिद्ध मानिएको आगोमा हिंड्ने कार्यक्रममा संस्थाका सल्लाहकार एवं मास्टर कृष्ण गुरुङको विशेष भूमिका थियो । सो कार्यक्रमका लागि अर्का मास्टर लोटी र उनको टिमले समेत सहयोग गरेका थिए ।
दिउसो तीन बजे शुरु भई सांझ ७ बजे सम्पन्न उक्त कार्यक्रमको प्रथम चरण समाजसेवी पुष्पा गुरुङले सञ्चालन गरेकी थिइन् भने मास्टर कृष्ण गुरुङले सहभागी सबैलाई रमाइलो माहोलमा मनोबल उच्च गराइ आगोमा हिंड्दा गर्न हुने र नहुने विषयमा सुसूचित गरेका थिए ।
स्थानीय समुदायका मानिसहरुको आत्मवल वृद्धिसंगै एकापसमा सौहाद्र र निकटको वातावरण बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रम अहिलेसम्मकै सफल रहेको दावी कम्युनिटीको छ ।
मेयर सोफिया चौधरी, कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, क्याबिनेट लिडर डेभिड क्लीफोर्ड, वरिष्ठ उपाध्यक्ष रामधन राई, मास्टर कृष्ण गुरुङ, महासचिव मान गुरुङ, र मार्सल वार्डले सफलतापूर्वक फायर वाक गर्नेलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणको सञ्चालन महासचिव मान गुरुङले गरेका थिए भने अध्यक्ष जीव बेल्बासेले सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमका लागि अहोरात्र खट्ने मास्टर कृष्ण गुरुङ, महासचिव मान गुरुङ र कोषाध्यक्ष टोप पल्लीलाई विशेष धन्यवाद दिए ।
रसमोर बरो काउन्सिल मेयर सोफिया चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा क्याबिनेट लिडर डेभिड क्लीफोर्ड, ६ जना काउन्सिलर, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, निवर्तमान अध्यक्ष ओम थापा, सल्लाहकारहरु, एनआरएनए यूके पदाधिकारी लगायतको सहभागिता थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन