
यांगुन, म्यानमार, २ पुस – म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ । चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा शुरु भएको समाचारमा जनाइएको छ ।
म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ म्यानमारका अधिकारीले आइतबार जानकारी दिएका छन् ।
दक्षिण कोरियाको कि एसिया नामक कम्पनीले केबलकार सेवा सञ्चालनमा ल्याएको उनीहरुले बताएका छन् । देशकै पहिलो केबलकार सेवाको प्राकृतिक र वातावरण संरक्षण मन्त्री यु ओहन विनले शनिबार उद्घाटन गर्नुभयो ।
उक्त सेवाका लागि छ ओटा टावर निर्माण गरिएको छ र तिनलाई जोडेर ४४ ओटा केबलकार सञ्चालन गरिएको छ । केबलकारको हरेक डिब्बामा बढीमा आठ जना बस्न मिल्ने व्यवस्था छ ।
याथेडाउङ पहाडदेखि क्याइक्टीओ प्यागोडासम्म कार सञ्चालन गरिएको सो केबलकारको यात्रा दश मिनेटको मात्र रहेको कर्मचारीले जनाएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]