
यांगुन, म्यानमार, २ पुस – म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ । चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा शुरु भएको समाचारमा जनाइएको छ ।
म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ म्यानमारका अधिकारीले आइतबार जानकारी दिएका छन् ।
दक्षिण कोरियाको कि एसिया नामक कम्पनीले केबलकार सेवा सञ्चालनमा ल्याएको उनीहरुले बताएका छन् । देशकै पहिलो केबलकार सेवाको प्राकृतिक र वातावरण संरक्षण मन्त्री यु ओहन विनले शनिबार उद्घाटन गर्नुभयो ।
उक्त सेवाका लागि छ ओटा टावर निर्माण गरिएको छ र तिनलाई जोडेर ४४ ओटा केबलकार सञ्चालन गरिएको छ । केबलकारको हरेक डिब्बामा बढीमा आठ जना बस्न मिल्ने व्यवस्था छ ।
याथेडाउङ पहाडदेखि क्याइक्टीओ प्यागोडासम्म कार सञ्चालन गरिएको सो केबलकारको यात्रा दश मिनेटको मात्र रहेको कर्मचारीले जनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा