लन्डन । बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा सूर्यप्रसाद सुवेदीले नेपालमा हालै सम्पन्न संसदीय निर्वाचन सफल भएकोमा नेपाली जनता, निर्वाचन आयोग, नेपाल सरकार र सबै दलका नेताहरुलाई बधाई दिएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यो निर्वाचनपछि मुलुकमा संक्रमणकालको अन्त्य भएको छ र धेरै उतार चढावपछि मुलुकमा लोकतन्त्रको नयां युग सुरु हुन लागेको छ ।’
प्राध्यापक सुवेदीले देशलाई राजनीतिक स्थिरता दिन, आर्थिक समृद्धिमा अगाडि बढाउन, लोकतन्त्र, विधिको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढीकरण गर्न तथा अन्य चुनौतीहरुलाई सामना गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गर्न आफू व्यक्तिगत र संस्थागत दुवै रुपमा क्रियाशिल हुने पनि बताएका छन् ।
ब्रिटेन नेपाल प्राज्ञिक परिषदका संस्थापक अध्यक्ष, ग्लोबल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा प्रतिष्ठित अन्तर्राष्ट्रिय कानुन इन्स्टिच्युटका निर्वाचित सदस्य रहेका प्राध्यापक सुवेदीले नेपाल सरकारलाई नितान्त राष्ट्रियहितको सवालमा गैरदलीय, निष्पक्ष र स्वतन्त्र रुपमा नीति निर्माणमा सहयोग गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेका छन् ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय