
काठमाडौँ, १ पुस – प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।
नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सित आज बिहान प्रम निवास बालुवाटारमा भएको भेटमा उहाँले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यनिर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष प्रचण्डलाई बधाई दिनुभएको संयोजक परियारले जानकारी दिनुभयो ।
सो भेटमा अध्यक्ष प्रचण्डले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको संयोजक परियारले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नर लगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराउनुभएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रमुख दलकाबीच छलफलका माध्यमबाट निष्कर्ष निकाल्न सकिने भन्दै त्यसका लागि पहल गर्न प्रम देउवालाई आग्रह गर्नुभएको प्रेस सहयोगी तिमल्सिनाले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी