सोल, २५ मङसिर – संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास सुरु गरेका छन् ।
ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि तयारी गरेको बताएका छन् ।
सो सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ । सोमबार सुरुभएको सो अभ्यास तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।
कोरियाली प्रायद्वीपमा सो अभ्यास सुरु भएको बताइएको छ । त्रिपक्षीय रुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित रहेको पनि बताइएको छ ।
त्यस अभ्यासका क्रममा कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित व्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि कम्प्युटरका माध्यमबाट काम हुने संयन्त्रको पनि विकास गरिएको बताइएको छ ।
हालैमात्र पनि उत्तर कोरिया विरुद्ध दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गरेको थियो ।
पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध विग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्ष्य गरेको भन्ने गर्दछ ।
उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्का विरुद्ध निकै कडा अभिव्यक्ति दिंदै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही समयमात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको निकै आलोचना गर्नुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]