बग्दाद, इराक, २३ मङ्सिर – इश्लामिक स्टेट (आइएस) समूहसँग विगत लामो समयदेखि जुधिरहेको इराकी सेनाले पश्चिमी इराकका मरूभूमि तथा सम्पूर्ण सीमाक्षेत्रलाई आइएसबाट मुक्त गरेको शनिबार जानकारी गराएको छ ।
‘इराकको सवै भूमिलाई आइएसबाट पूर्ण नियन्त्रणमा लिने सफलता इराकी सेनालाइ मिलेको छ साथै अब सेनाले आइएसको इराक प्रवेशमा रोक लगाउन सिरियासँगको सीमा क्षेत्रलाई कडा बनाउने छ’, पश्चिमी इराक सुरक्षा अभियानका कमाण्डर लेफ्टिनेन्ट जनरल अब्दुल अमिर रसीद याराल्लाहले जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा उल्लेख गर्नुभयो ।
‘सैनिक तथा अर्धसैनिक वलको हासद सावि ब्रिगेडले स्थल तथा इराकी हेलिकोप्टरबाट गरेको कारबाहीपछि नाइनभे र अनवरबीचको मरुभूमि क्षेत्रलाई कब्जामा लिएको हो’, याराल्लाहले बताउनुभयो ।
सेनाले पछिल्लो २४ घण्टामा गरेको कारबाही पछिको सफलताले अव आइएस प्रभावित एक हजार ६०० वर्ग किलोमिटर जमिनमा रहेका ९० गाउँमाथि नियन्त्रण जमाएको छ ।
इराकी सेनाले इराक सिरिया सीमाको १८३ किलोमिटर क्षेत्रलाई सुरक्षा दिइबसेको याराल्लाहले बताउनुभयो ।
गत नोभेम्बर ५ मा इराकी प्रधानमन्त्री हैदर अल–अवादीले इराक–सिरियाको हुसैवाह सीमामा राष्ट्रिय झण्डा फहराउँदै छिट्टै इराक आइएसको आक्रमण खतराबाट मुक्त हुने जनाउनुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]