ब्रसेल्स, २२ मङसिर – यूरोपमा गत नोभेम्बर महिनामा व्यापारमा बृद्धि भएको छ । हालैमात्र गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ ।
युरोपमा गएको करिब डेढ दशकदेखि आर्थिक मन्दी आउनुका साथै रोजगारीका अवसरहरुमा पनि कमी आएको थियो ।
युरोपले रोजगारी सिर्जना दरका साथै आर्थिक क्रियाकलापहरुमा सुधार देखिएको उक्त आर्थिक सर्वेक्षणले देखाएको छ ।
आर्थिक क्षेत्रका विश्लेषकहरूका अनुसार यूरोप क्षेत्रको अर्थतन्त्र यस बर्षको अन्त्यसम्ममा बढाएको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।
आर्थिक क्षेत्रको एक निकाय आईएचएस मार्किटले गरेको सो सर्वेक्षणको प्रतिवेदनमा यूरोपको अर्थतन्त्रले सुधार गरेको देखाइएको छ ।
साथै यसले यूरोपबाट हुने भनिएको बेलायतको बहिर्गमनपछिको अवस्था पनि अबको युरोपेली अर्थतन्त्रले सामना गर्नसक्ने अवस्थामा पुगेको देखाएको बताइएको छ ।
यूरोप क्षेत्रको क्रयशक्ति निर्धारण सूचकाङ्कले दिएको सन्देशमा यहाँको व्यवसाय फस्टाउँदो अवस्थामा देखिएको उल्लेख छ ।
त्यसैगरी यूरोपको अर्थतन्त्रमा देखिएको सुधारसँगै रोजगारीका अवसरहरु पनि पहिलेको तुलनामा केही बढी दरमा सिर्जना भएका र व्यवसायिक कम्पनीहरूले माग अनुसारको उत्पादन गर्नसक्ने अवस्था देखिएको सो सर्वेक्षणले देखाएको छ ।
निकै लामो समयदेखि युरोपले सिंगो युरोपेली क्षेत्रमा नै आर्थिक मन्दीको समस्या ब्यहोर्दै आएको थियो । यसलाई सकारात्मक सुधारको सङ्केतका रुपमा लिइएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]