वासिङटन, १९ मङसिर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न छ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।
मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिको यसअघि ब्यापक मात्रामा विरोध भएको थियो । उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न नमिल्ने आदेश यस अघिको अदालतले दिएको थियो ।
तर पनि सर्वोच्च अदालतको सोमबारको आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त निर्णयलाई सदर गरिदिएको बताइएको छ । सो निर्णयबमोजिम अब ती मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सकिने भएको हो ।
अदालतले दिएको आदेशमा राष्ट्रपति ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पूर्ण रुपमा कार्यान्वयन गर्न पाउनेगरी खुला गरिएको छ ।
मुस्लिम नागरिकको बाहुल्यता रहेका देशहरु सोमालिया, सिरिया, यमन चाड, इरान, लिबियाका नागरिकविरुद्ध राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्न नपाउनेगरी यात्रा प्रतिबन्ध लगाउनुभएको थियो ।
सोमबार सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धमाथि रोक लगाउने तल्लो अदालतको निर्णयलाई खारेज गरिदिएका छन् । सो अदालतका ९ मध्ये ७ न्यायाधीशले उक्त प्रतिबन्धको पक्षमा फैसला दिएका हुन् ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को र भर्जिनियाको रिचमण्ड संघीय पुनरावेदन अदालतहरुले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धी नीति ठीक नभएको बताएका थिए ।
यसैबीच सर्वोच्च अदालतको यस पछिल्लो कानुनको विभिन्न क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । मुसलमान देशहरुमाथि लगाउने पछिल्लो यात्रा प्रतिबन्धले पुरयाउने कानुनी लाभ र त्यसले पार्ने मानवीय असरका बारेमा मानिसहरुले आफ्ना धारणाहरु राखिरहेका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पको सो कानुनको अमेरिकाभित्र अधिकांशले विरोध गरेका थिए । अधिकारवादीहरुले पनि यसरी कुनै देशका नागरिकलाई नै अमेरिका छिर्न नपाउने गरी लगाइएको प्रतिबन्ध नागरिकको अधिकार विरुद्ध भएको बताएका थिए ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण