लन्डन । इन्गेजमेन्ट (मगनी) गरेको केही दिनपछि बेलायतका राजकुमार हयारी र उनकी हुने वाला जीवनसाथी (फिओन्से) मेघान मर्केलले शुक्रबार पहिलो औपचारिक शाही भ्रमण गरेका छन् । उनीहरुले स्वागत भोजसहित बेलायती शहर नोटिङघमको भ्रमण गरेका हुन् ।
राजकुमार हयारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गरे ।
उनीहरुले एचआइभी एड्स विरुद्धको अभियानमा लागिरहेका अभियन्ताहरूलाई पनि भेटेर हौसला प्रदान गरेको बताइएको छ । सो अवसरमा समर्थकहरूले हयारी र मेघानको सम्मानमा नाम लिएर नारा लगाएका थिए ।
बेलायती महारानी एलिजावेथ द्वितीयका नाती हयारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडि देखि प्रेम सम्वन्ध गांसेका थिए । हयारी र मेघानले अर्को वर्ष वसन्त ऋतुमा विवाह गर्ने घोषणा गरेका छन् तर मिति एवं अन्य विस्तृत विवरण सार्वजनिक भएको छैन् ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल