जाकार्ता, १५ मङसिर – इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।
भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घर नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।
प्राकृतिक प्रकोपमा परी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।
उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिनुभयो । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उहाँले बताउनुभयो ।
ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।
उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उहाँले बताउनुभयो ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका