
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, १३ मंसिर – सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते हुनुभएको र उपचारका क्रममा उहाँको आज निधन भएको हो ।
बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृहसचिव सापकोटाले बताउनुभयो ।
सरकारले निर्वाचनको सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने भएको छ । शान्ति सुरक्षा सरकारको प्राथमिक दायित्व भएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सबै कानुनी उपाय अवलम्बन गरिरहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री एवं गृहमन्त्री देउवाको अध्यक्षतामा भएको सो बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव सापकोटा, नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने