हरारे, ९ मङसिर – जिम्बाबेको उच्च अदालतले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिनु संवैधानिक नै भएको ठहर गरेको छ ।
सेनाले अर्का नेतालाई राष्ट्रपतिको रुपमा जिम्मेबारी दिएको भोलीपल्ट अदालतको यस्तो निर्णय सार्वजनिक भएको हो ।
‘पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको सत्तालाई नियन्त्रणमा लिने सेनाको कदम संबैधानिक नै छ,’ अदालतलाई उद्धृत गर्दै सरकारी संचार माध्यमहरुले समाचार संप्रेषण गरेका छन् ।
जिम्बाबेका धेरै जनताले पनि सेनाको कदम सही भएको भन्दै देशभरी सुखीयाली मनाएका थिए ।
जिम्बाबेको सेनाले यही नोभेम्बर १५ तारिखका दिन ९३ बर्षीय तत्कालिन राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिएर मंगलबार राजीनामा गर्न बाध्य पारेको थियो ।
मुगाबेको राजीनामासँगै जिम्बाबेमा मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको छ भने नयाँ राष्ट्रपतिको रुपमा अर्का नेता इमेर्सन मनाङ्गाग्वाले जिम्मेबारी सम्हाल्नु भएको थियो ।
उहाँले गत शुक्रबार मात्रै जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ भने जिम्बाबेमा नयाँ युगको सुरुवात भएको धेरैले बताएका छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त