काएरो, ८ मङसिर – इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य कम्तीमा १०९ जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त आतंककारी हमला इजिप्टकै इतिहासमा भयंकर मानिएको छ । इजिप्टमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।
शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जिदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ ।
घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।
मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका बेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ ।
घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको सुरक्षा निकायहरुलाई उधृत गर्दै सरकारी अधिकारीहरुले जनाएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]