
हरारे, जिम्बाब्वे, ६ मङसिर (रासस-सिन्ह्वा) – जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन (जेडएएन्यू–पिएफ) ले बुधबारमात्र राजिनामा दिएका राष्ट्रपति रोबर्ट मुगावेलाई लामो समयसम्म अफ्रिकी जनताको पक्षमा रहेर सेवा पुरयाएकोमा उच्च प्रशंसा गरेको छ ।
जेडएएन्यू–पिएफका प्रवक्ता सिमन खाया मोयोले हेराल्ड पत्रिकालाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, ‘जिम्बाब्वेका जनताले मुगावे प्रधानमन्त्री तथा राष्ट्रपतिका रूपमा कार्यरत रहँदा यहाँका जनताको स्वतन्त्रताका लागि पुरयाएको योगदान अविश्मरणीय रहेको छ ।
अव उहाँले विश्राम लिनुपर्छ । मलाई लाग्छ हरेक जिम्बाब्वेलीले प्रतिपक्षीले मुगावेलाई सत्ताबाट हटाउन गरेको अभियानमा साथ दिनेछन् ।’
रोबर्ट मुगाबेले जिम्बाब्वेमा झण्डै चार दशक शासन गरी बुधबारदेखि जिम्मेवारीबाट हट्न तयार हुनुभएको छ । अल्पसंख्यक श्वेतहरुको शासनविरुद्धको स्वतन्त्रता युद्धमा जित हात पारेपछि उहाँलाई देश(विदेशमा नायकको सम्मान मिलिको थियो । तर उनले शुरुमा गरेका मेलमिलापका आह्वानले देशको राजनीतिक वातावरण बिग्रिनबाट रोक्न सकेन ।
पूर्व शिक्षक रहेका मुगाबेको कार्यकालको एउटा सबैभन्दा ठूलो सफलता भनेको देशले शिक्षामा हासिल गरेको उपलब्धिलाई लिने गरिन्छ ।
जिम्बाब्वेको साक्षरता दर अफ्रिकाकै बढीमध्ये एक हो र त्यहाँका ८९ प्रतिशत जनसंख्या साक्षर छ ।
बढ्दै गएका आलोचकहरुका लागि उहाँ एकजना राम्रो अध्ययन गरेका अरु अफ्रिकी तानशाह जस्तै स्वभावका चतुर नेताका रूपमा लिने गरिन्छ ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका